युवतीको हत्या गरेर फरार भएका गोरे २० वर्षपछि पक्राउ « Khabarhub

युवतीको हत्या गरेर फरार भएका गोरे २० वर्षपछि पक्राउ


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबारे– युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।

इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो ।

घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ९ : ४४ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ