जलवायु परिवर्तनको प्रभावः अन्टार्टिकामा पाइने हिमाली लाटोकोशेरो वासिंगटन घुम्दै « Khabarhub

जलवायु परिवर्तनको प्रभावः अन्टार्टिकामा पाइने हिमाली लाटोकोशेरो वासिंगटन घुम्दै


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो ।

हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो । सो लाटोकोशेर वासिंगटनको क्यापिटोल हिल, युनियन स्टेसन, नेसनल पोस्टल म्युजियम र अमेरिकी संसदका भवनहरुका साथै प्रहरी मुख्यालयमा देखिएको छ ।

बस्दाखेरी फुटबल आकारको गोलो देखिएको चम्किलो आँखा भएको सो चरालाई तस्विरमा कैद र हेर्ने क्रममा गत साता दर्जनौं मानिसहरुको क्यामेरा र बाइनाकुलर हिउँले ढाकेको थियो । रेल स्टेसनको प्रवेशद्धारमा ग्रीकका प्रख्यात गणितज्ञको मूर्तिको टाउकोमाथि सो लाटोकोशेरो बसेको थियो । जलवायु परिवर्तनका कारण हिमाली लाटोकोशेरो सहरमा निर्वाध डुलेको विज्ञहरुले बताएका छन् ।

‘जलवायु परिवर्तनका कारण अन्टार्टिकाबाट हिउँमा बस्ने लाटोकोशेरो मानिसहरुको घना बस्ती भएको ठाउँमा आउन थालेका छन्, ’ गैरसरकारी परियोजना स्नोस्ट्रोमका अनुसन्धानकर्ता स्कट विडेनसल भन्छन् । स्नोस्ट्रोमले हिमाली लाटोकोशेरका गतिविधिको पहिचान गर्दै आएको छ ।

हरेक हिउँदको मौसममा केही लाटोकोशेरा दक्षिणमा बसाइँ सर्ने भए पनि तथ्यांक भने यकिन नभएको उनी बताउँछन् । करिव तीनदेखि पाँच वर्षयता लाटोकोशेरोको मुख्य खानेकुरा लेमिङ (मुसोजस्तो जनावर) को संख्या घटेसँग हिउँमा बस्ने लाटोकोशेरा बसाइँ सर्ने क्रम बढ्दो छ ।

अधिकांश हिउँदमा उत्तर अमेरिकाको हिमाली लाटोकोशेरो ग्रेट लेक्स वा केप कोल्ड क्षेत्रभन्दा धेरै तल नझर्ने विडनसाउन बताउँछन् । ‘तर, आक्रमण हुँदा भने उनीहरुले सामान्यभन्दा अझै दक्षिणी क्षेत्रमा बसाइँ सर्छन्,’ उनी भन्छन् ।

पूर्व र माथिल्लो मध्यपश्चिमी क्षेत्रमा देखिएका जवान चराहरुमध्ये अधिकांश हिउँमा पाइने लाटोकोशेरो छन् । पक्षीहरुको निरीक्षकर्ताहरुको समूहले प्रयोग गर्ने गैरसरकारी मञ्च इबर्डका अनुसार यो हिउँदे मौसममा कन्सास, मिसोउरी, टेनेसा, नर्थ क्यारोलिना र म्यारिल्यान्डमा हिमाली लाटोकोशेरा फेला परेका छन् ।

अमेरिकाको मुटुमा फेला पर्न थालेपछि लाटोकोशेरोले अधिकांश चराचुरुङ्गीप्रेमीको ध्यान तानेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १२ : ०५ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय