जलवायु परिवर्तनको प्रभावः अन्टार्टिकामा पाइने हिमाली लाटोकोशेरो वासिंगटन घुम्दै | Khabarhub Khabarhub

जलवायु परिवर्तनको प्रभावः अन्टार्टिकामा पाइने हिमाली लाटोकोशेरो वासिंगटन घुम्दै


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोशेर अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकाको मुटुमा देखिएको हो ।

हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो । सो लाटोकोशेर वासिंगटनको क्यापिटोल हिल, युनियन स्टेसन, नेसनल पोस्टल म्युजियम र अमेरिकी संसदका भवनहरुका साथै प्रहरी मुख्यालयमा देखिएको छ ।

बस्दाखेरी फुटबल आकारको गोलो देखिएको चम्किलो आँखा भएको सो चरालाई तस्विरमा कैद र हेर्ने क्रममा गत साता दर्जनौं मानिसहरुको क्यामेरा र बाइनाकुलर हिउँले ढाकेको थियो । रेल स्टेसनको प्रवेशद्धारमा ग्रीकका प्रख्यात गणितज्ञको मूर्तिको टाउकोमाथि सो लाटोकोशेरो बसेको थियो । जलवायु परिवर्तनका कारण हिमाली लाटोकोशेरो सहरमा निर्वाध डुलेको विज्ञहरुले बताएका छन् ।

‘जलवायु परिवर्तनका कारण अन्टार्टिकाबाट हिउँमा बस्ने लाटोकोशेरो मानिसहरुको घना बस्ती भएको ठाउँमा आउन थालेका छन्, ’ गैरसरकारी परियोजना स्नोस्ट्रोमका अनुसन्धानकर्ता स्कट विडेनसल भन्छन् । स्नोस्ट्रोमले हिमाली लाटोकोशेरका गतिविधिको पहिचान गर्दै आएको छ ।

हरेक हिउँदको मौसममा केही लाटोकोशेरा दक्षिणमा बसाइँ सर्ने भए पनि तथ्यांक भने यकिन नभएको उनी बताउँछन् । करिव तीनदेखि पाँच वर्षयता लाटोकोशेरोको मुख्य खानेकुरा लेमिङ (मुसोजस्तो जनावर) को संख्या घटेसँग हिउँमा बस्ने लाटोकोशेरा बसाइँ सर्ने क्रम बढ्दो छ ।

अधिकांश हिउँदमा उत्तर अमेरिकाको हिमाली लाटोकोशेरो ग्रेट लेक्स वा केप कोल्ड क्षेत्रभन्दा धेरै तल नझर्ने विडनसाउन बताउँछन् । ‘तर, आक्रमण हुँदा भने उनीहरुले सामान्यभन्दा अझै दक्षिणी क्षेत्रमा बसाइँ सर्छन्,’ उनी भन्छन् ।

पूर्व र माथिल्लो मध्यपश्चिमी क्षेत्रमा देखिएका जवान चराहरुमध्ये अधिकांश हिउँमा पाइने लाटोकोशेरो छन् । पक्षीहरुको निरीक्षकर्ताहरुको समूहले प्रयोग गर्ने गैरसरकारी मञ्च इबर्डका अनुसार यो हिउँदे मौसममा कन्सास, मिसोउरी, टेनेसा, नर्थ क्यारोलिना र म्यारिल्यान्डमा हिमाली लाटोकोशेरा फेला परेका छन् ।

अमेरिकाको मुटुमा फेला पर्न थालेपछि लाटोकोशेरोले अधिकांश चराचुरुङ्गीप्रेमीको ध्यान तानेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १२ : ०५ बजे

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको

यी चार पात्र, जसले गुमाए आफ्नै विवादका कारण मुखमा आइसकेको मन्त्री पद

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि सिफारिस

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दी– म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई

प्रचण्डले भने- निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल