विभागले भन्यो– विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन « Khabarhub

विभागले भन्यो– विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले बिहीबार विज्ञप्ति जारी गरेर खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राकोबारे सामान्य जानकारी समेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावहरूका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

सार्वजनिक विज्ञप्ति :

अध्यागमन विभागको आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूका सम्बन्धमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त विषय समाचारमा आएको जस्तो नभई खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावहरूका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयकाबारे आम जनमानसहरू कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।

यस विषयमा हालसम्म कुनै पनि निर्णय नभएको जानकारी गराउँदै यस्ता सार्वजनिक सरोकारका विषयहरूमा निर्णय गर्दा संविधानप्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १२ : ३१ बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक