निम्बसले जित्यो ‘एचआरएम अवार्ड’ | Khabarhub Khabarhub

निम्बसले जित्यो ‘एचआरएम अवार्ड’


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निम्बसले कर्पोरेट उत्कृष्टताको लागि कृषि उद्यम समूहमा ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ जितेको छ ।

काठमाडौँमा हालै आयोजित एक कार्यक्रमबीच प्रथम ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सि लेन्स २०२१’ मा निम्बसले उक्त उपाधी हात पारेको हो ।

अवार्ड जितेपछि निम्बसले कम्पनीको अनुपम र प्रगतिशील विकासका साथै समग्र नेपालको कृषि क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गरेको बताएको छ ।

निम्बसका कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृषिजन्य उद्योगमार्फत कर्पाेरेट संस्कारको सुरुवात गरेको र यसको श्रेय ग्राहकहरु तथा कर्मचारीहरु भएको बताएका छन् ।

निम्बसले सन् २००४ मा देशमै पहिलो पशुपंक्षीको दानाको नविनतम उत्पादन गर्ने उद्देश्यसहित प्रोबायोटेक उद्योगको स्थापना गरी व्यवसाय सुरुवात गरेको थियो । कम्पनीको पशु फिड ब्रान्ड ‘शक्ति’ले बिस्तारै देशभरी नै व्यवसाय विस्तार गर्न थाल्यो र अन्ततः नेपालमा सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्न पुग्यो ।

हाल निम्बसमा चारवटा पशु आहाराको उद्योग, माछा दाना उद्योग, सल्भेन्ट उद्योग, रिफाइनरी, दाल उद्योग तथा तोरी तेलको एक्सपिलर भटमासको मस्यौरा उद्योगबाट उत्पादित खाद्य पदार्थ ‘व्यन्जन’ तथा ‘सुनौलो किरण’ ब्रान्डमा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  २ : ३० बजे

दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

बाजुरा– शनिबार बस दुर्घटनामा परी घाइते भएका बस सहचालकको मृत्यु भएको

त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध

गाईघाट– निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध

कञ्चनपुरमा आजदेखि धान खरिद

कञ्चनपुर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान

समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका

राप्तीसोनारी नेचर रन कात्तिक २२ गते हुने

नेपालगन्ज– राप्तीसोनारी नेचर रन यही कात्तिक २२ गते शनिवार बाँकेको