बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो « Khabarhub

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो


२९ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ ।

नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।

पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए ।

उनका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा बुधबारसम्म ११ पुरुष र ६ महिला गरी १७ जना रहेका छन् । यी सबै बाहिरी जिल्लाका हुन् ।

कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ ।

प्रशासनले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्नलगायत कार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ९ : २० बजे

सिड्नीमा नेपाली समुदायसँग तिहार मनाए प्रधानमन्त्री अल्बानिजले

सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार सिड्नीमा आयोजित नेपाल फेस्टिभल

त्रिविले तल्ला निकायलाई अधिकार प्रत्यायोजन प्रक्रिया अघि बढायो

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई

भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवस मनाइयो

काठमाडौँ – मानवअधिकारवादी नेता, शान्ति अभियन्ता, मातृभाषा अभियन्ता तथा साहित्यकार

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो

काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सकिएको