सुशान्तको बायोपिक चाहदिनन् प्रियंका « Khabarhub

सुशान्तको बायोपिक चाहदिनन् प्रियंका


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता सुशान्तसिंह राजपुतको निधन उनका फ्यानका लागि निकै हृदयविदारक रह्यो । उनको निधनका डेढ वर्ष बितिसक्दा पनि उनका फ्यानहरु सामाजिक सञ्जालबाट न्यायको माग गरिरहेका छन् । यहीबीचमा उनको बायोपिक बन्ने चर्चा नचलेको पनि होइन ।

यही बीचमा उनकी दिदी प्रियंकाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तत्कालका लागि सुशान्तको बायोपिक आवश्यक नरहेको दाबी गरेकी छन् । ‘मलाई विश्वास छ कि सुशान्तले न्याय नपाउञ्जेलसम्म उनको बायोपिक बनाउन आवश्यक छैन् । यो मेरो भाई, कलाकार प्रतिभाशाली सुशान्तसिंह राजपूतसँग प्रतिबद्धता हो’, उनले लेखेकी छन् ।

उनले पर्दामा आफ्नो भाईको जस्तो सुन्दर, निर्दोष र गतिशिल व्यक्तित्वको प्रदर्शन गर्ने क्षमता कुनै पनि कलाकारमा नरहेको दाबी गरेकी छन् । ‘सुशान्तको कथालाई पर्दामा उतार्न सक्ने क्षमता बलिउडमा कसैसँग छैन’, उनले लेखेकी छन् ।

प्रियंकाका अनुसार सुशान्त आफ्नै बायोपिकमा अभिनय गर्न चाहन्थे । ‘तर उनको बायोपिक बनेको अवस्थामा एआई प्रविधिको प्रयोगले उनको चरित्रलाई निर्माण गर्न सकिन्छ । भविष्यमा प्रविधिको प्रयोगले यो काम गर्न सकिन्छ’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ३ : ५८ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि