गौशाला नगरपालिकाले संघीय सरकारको निर्देशन नमान्ने « Khabarhub

गौशाला नगरपालिकाले संघीय सरकारको निर्देशन नमान्ने

४ माघदेखि विद्यालयमा नियमित पठनपाठन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ । कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ ।

संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि सिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो।

यद्यपि, नगरपालिकाले २८ पुसदेखि ४ माघसम्म वर्षे बिदा कट्टा हुनेगरी जाडो बिदा भने दिएको छ । यसपछि सबै विद्यालय भौतिक उपस्थिति मै खुल्ने नगरपालकिाले जनाएको छ ।

पालिकाले २७ पुसमा सूचना प्रकाशित गरी कोरोना संक्रमण रोक्न स्वास्थ्य मापदण्ड अपनाएर ४ माघपछि विद्यालयहरूमा नियमित पठनपाठन गर्न भनेको छ । ‘विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ,’ नगरप्रमुख शिवनाथ महतोले भने ।

नगरपालिकाको निर्णयलाई शिक्षण संस्थाहरूले समेत स्वागत गरेका छन् । जोखिमलाई आकलन गरी सुरक्षित वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन् । तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ८ : ४० बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स