सुनौली नाकाबाट स्पेयर पार्टसको अवैध आयातले राजस्वमा धक्का ! « Khabarhub

सुनौली नाकाबाट स्पेयर पार्टसको अवैध आयातले राजस्वमा धक्का !


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा अवैध रुपमा सवारी साधनका स्पेयर पार्टसको आयात बढ्न थालेको छ ।

भन्सार छलेर आयात गरिएका सामानको मात्रा बढेसँगै सरकारलाई रावश्व संकलनमा धक्का पुुगेको छ ।

नेपालको मुख्य नाकामध्येको एक सुनौली नाकाबाट अवैधरुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ । जसबाट राज्यलाई दिनहु ठुलो मात्रामा राजस्व संकलनमा नोक्सानी भएको छ ।

 अधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्राउँदा मुःअःकर सहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनु पर्ने हुन्छ । तर यी सामान अवैध तवरबाट भित्रिँदा सरकारलाई दैनिक लाखौको राजस्व नोक्सानि हुँदै आइरहेको छ ।

भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्ंचालकअनुसार संबन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६० प्रतिशतभन्दा बढी पार्टसहरु अवैध तवरले आयात भैइरहेका छन् ।

रुपन्देही, कपिलवस्तु तथा नवलपरासीका सम्पुर्ण क्षेत्रमा अवैध रुपमा ल्याइएका सामान नै प्रयोग भएको पाइन्छ । बुटवल मैनाबगरमा अटो पार्टसको व्यवसाय गरेर बसेको श्रीकृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगर सरोकारवाला निकायले अवैध आयात निरुत्साहित गर्ने योजना नबनाएको गुनासो गर्छन् ।

सम्बन्धित निकायलाईै जानकारी गराउँदा पनि नियमनको काम नभएका बुटवल इन्जिनियारिङ एसोसिएसनका उपादक्ष्य बाबुराम आचाय बताउँछन् । यसले सरकारले दैनिक लाखौ नोक्सानी व्यहोर्नुपरेको उनको बुुझाइ छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ५ : ०३ बजे

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी