विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको « Khabarhub

विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको

नेपाल १०५ औँ नम्बरमा


२९ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धेरै देशमा अनअराइभल भिसा पाउने देशको सूचीमा जापान र सिंगापुर रहेका छन् । यही सूचीका आधारमा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने मापन गरिन्छ ।

बेलायतको राजधानी लण्डनस्थित विश्वका नागरिकता तथा आवासीय परामर्शदाता संस्था हेन्ले एण्ड पार्टनर्सको पछिल्लो प्रतिवेदनमा विश्वका धनी मुलुकका नागरिकले जुनसुकै देशमा स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय हवाई यातायात एसोसिएसन (आइएटीए) ले सन् २००६ देखि गरेको अध्ययनबाट उक्त निचोड निकालिएको हेन्लेको रिपोर्टमा उल्लेख छ ।

कोरोना महामारीपछि विश्व यात्रामा केही शिथिलता देखापरे पनि उक्त प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताइएको छ । जसअनुसार लामो समयदेखि एसियाली मुलुक जापान र सिंगापुरका नागरिकले बोक्ने पासपोर्टलाई विश्वका अधिकांश मुलुकका अध्यागमनमा सोझै भिसा लगाइने गरेको छ । उनीहरुलाई कुनै पनि देशमा जानुअघि भिसा लिनु पर्दैन । पासपोर्ट बोकेर हिँडे पुग्छ ।

जापान र सिंगापुरका नागरिकलाई विश्वका १ सय ९२ वटा देश तथा क्षेत्रमा अनअराइभल भिसा पाउने यात्रा सुविधा छ । उक्त अध्ययनअनुसार जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । त्यसपछि दक्षिण कोरिया र जर्मनी रहेका छन् । उनीहरुलाई १ सय ९० देशमा जाने त्यस्तो सुविधा छ ।

तेस्रो स्थानमा फिनल्याण्ड, इटाली, स्पेन र लक्जेम्बर्ग छन् । ती देशका नागरिकाले पासपोर्ट बोकेर हिँडे भने १ सय ८९ वटा मुलुकमा अनअराइभल भिसा पाउँछन् । सोही क्रममा अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्डस, स्वेडेनलाई १ सय ८८ वटा मुलुकले, आयरल्याण्ड र पोर्चुगललाई १ सय ८७, बेल्जियम, न्युजिल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, बेलाय र अमेरिकालाई १ सय ८६ वटा मुलुकले अनअराइभल भिसा दिन्छन् ।

त्यसपछि सातौं स्थानमा अष्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस, माल्टालाई १ सय ८५ मुलुक, आठौंमा पोल्याण्ड तथा हंगेरीलाई १ सय ८३ मुलुक, नवौंमा लिथुआनिया र स्लोभाकियालाई १ सय ८२ मुलुक तथा दशौंमा इस्टोनिया, लात्भिया र स्लोभेनियाको पासपोर्टलाई १ सय ८१ मुलुकले अनअराइभल भिसा दिने गरेका छन् ।

यहि क्रममा विश्वका कमजोर पासपोर्टको रुपमा अफगानिस्तान १ सय ११ औं स्थानमा छ । त्यसअघि इराकलाई २८ वटा मुलुकले मात्र अनअराइभल भिसा दिन्छन् । इराकको पासपोर्ट १ सय १० नम्बरमा रहेको छ । १ सय ४ नम्बरमा उत्तर कोरियाको पासपोर्ट छ, जसलाई विश्वका ३९ वटा देशमा अनअराइभल भिसा दिइन्छ ।

नेपालको स्थान १ सय ५ नम्बरमा रहेको देखाइएको छ । नेपालीहरुलाई ३७ वटा देशमा अनअराइभल भिसा प्राप्त हुन्छ । यो नम्बरमा प्यालेष्टाइनसमेत रहेको छ ।

त्यसपछि १ सय ६ नम्बरको सोमालियालाई ३४ देश, १ सय ७ नम्बरमा रहेको यमनलाई ३३ देश, १ सय ८ नम्बरमा रहेको पाकिस्तानलाई ३१ देश, १ सय ९ नम्बरमा रहेको सिरियालाई २९ देशले अनअराइभल भिसा दिने हेन्ले एण्ड पार्टनर्सको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ६ : ४९ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा