आज २०७८ फागुन १ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ फागुन १ गते आइतबारको राशिफल


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन १ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

मेष : आजको दिन राम्रो रहेको छ । कोणमा शुभ ग्रहले भ्रमण गर्दै गर्दा अन्तर्गतका ग्रहबाटसमेत राम्रो फल लाग्नेछ । राजनीति, सामाजिक , आर्थिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो रहे पनि विद्याको क्षेत्रमा गरिएको श्रम लगानीबाट धेरै उत्साहित बनाउला । परीक्षाको तयारीमा हुनुहुन्छ भने नतिजा राम्रो आउने देखिएको छ ।

वृष : दिन राम्रै छ । अरू क्षेत्रमा यावत रहे पनि कर्म क्षेत्रमा निकै राम्रो छ । आफ्ना बा, आमा, काका र मामा मध्ये कसैको आज्ञा लिएर थालनी गरेको काममा सफलता मिल्ने योग छ । वैदेशिक क्षेत्रमा धेरैले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा आलश्यता बढ्ने भएकाले लगानी नगर्नुहोला।

मिथुन : दिन राम्रो मान्नु पर्छ । वैवाहिक, पारिवारिक, सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । तपाई प्रतिको आकर्षण बढ्नेछ । व्यापार गर्नुहुन्छ भने ठूला मान्छेको संगत गर्नु । परोपकारबाट घाटा हुनेछैन । वैदेशिक रोजगारमा भने आजको दिन रोक्नु राम्रो हुन्छ ।

कर्कट : दिन सामान्य छ । कसैले सहयोग गर्लान् भनेर नसोच्नुहोला । राजनीति क्षेत्रमा सफलता मिल्नेछ । अन्य क्षेत्रमा अघि बढ्ने योग छैन । सावधान भएर बस्नुहोला ।

सिंह : दिन राम्रो छ । उमंग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा राम्रो नभए पनि विद्याको क्षेत्र उज्जल रहेको छ ।

कन्या : दिन सामान्य रहेको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा प्राप्त हुने योग छ । आफ्नाहरुसँग सतर्क रहनुहोला ।

तुला : दिन धेरै नराम्रो छैन । विद्याको क्षेत्रमा लगानीको फल पाइनेछ । अरुले गरेको सहयोगले भन्दा पनि आफ्नै मिहेनतले सफलता मिल्नेछ । अरुको आस गर्नुभन्दा आफै अगाडि बढ्नुहोला ।

वृश्चिक : सज्जनको संगत गर्नुहोला । धार्मिक क्षेत्रमा मन लगाउँदा परिवारको कल्याण हुनेछ ।

धनु : आजको दिन राम्रो छ । पठनपाठनमा ध्यान जानेछ । लगानी गर्ने आँट गर्नुहोला वैदेशिक क्षेत्रमा राम्रो हुनेछ ।

मकर : आज सबै क्षेत्रमा सामान्य छ । विद्याको क्षेत्रमा भने जोश जाँगर बढ्नेछ । स्मरण शक्ति बढ्नेछ । शिक्षाको क्षेत्रमा अगाडि बढे, राम्रो आम्दानी हुनेछ ।

कुम्भ : दिन राम्रो छ । यात्रामा ननिस्कनु होला आजको यात्रा जोखिमपूर्ण रहेको छ । अरू क्षेत्रमा भने सफलता मिल्नेछ । सूर्य दर्शन गरेमा राम्रो हुनेछ ।

मिन : आज राम्रो छ । विद्याको क्षेत्रमा गरेको श्रम लगानीले फाइदा उठाउनेछ । धार्मिक क्षेत्रमा राम्रो रहेको छ । परेवा र गाइलाई खानेकुरा दिएर काम थाले सफलता मिल्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ०६ बजे

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले