आज विश्व रेडियो दिवस ! विभिन्न कार्यक्रम गरी मनाइँदै « Khabarhub

आज विश्व रेडियो दिवस ! विभिन्न कार्यक्रम गरी मनाइँदै


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  आज विश्व रेडियो दिवस !‘रेडियो र विश्वास’भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ ।  संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ ।

नेपालमा राणा शासन अन्त्यका लागि सङ्घर्षरत नेपाली कांग्रेसले वि.स. २००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो । औपचारिक रूपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।

निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो । अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ । विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ५६ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र