मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा जाँदै प्रचण्ड « Khabarhub

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा जाँदै प्रचण्ड


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन् ।

मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन् ।

‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड जनकपुर आउँदै हुनुहुन्छ,’मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘मधेस सरकारको निर्णय अनुसार सहिद परिवारलाई दिइने भनिएको राहत मध्ये प्रतिकात्मक रुपमा कम्तिमा ४० परिवारलाई वितरण गर्ने कार्यक्रम तय भएको छ ।’ उनका अनुसार मधेस प्रदेश भवनको कभर्ड हलमा आयोजना हुने कार्यक्रममा सरकारले ‘जनयुद्ध’ झल्को दिने सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गर्नेछ ।

केही साता अघि माओवादी सशष्त्र युद्धमा ज्यान गुमाएका प्रत्येक परिवारलाई ३–३ लाख दिने निर्णय गरे अनुसार आज पहिलो चरणमा १–१ लाख नगद वितरण गर्ने मन्त्री साहले जानकारी दिएका छन् । उक्त कार्यक्रमलाई मुख्यमन्त्री लालबाबु राउतले ‘जुम’मार्फत सम्वोधन गर्ने र संघीय सरकारकी शिक्षा, बिज्ञान प्रबृधि राज्यमन्त्री बोधमाया यादवलगायत मधेस प्रदेशका मन्त्रीहरुको उपस्थिति रहने छ ।

मधेस प्रदेशले पहिलो पटक आयोजना गर्न लागेको ‘जनयुद्ध दिवस’ मार्फत झन्डै ६ सय सहिद परिवारलाई क्रमशः जिल्ला जिल्लामार्फत नगद राहात वितरण गरिने घोषणासमेत गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ५६ बजे

हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

सिरहा– शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले

इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

एजेन्सी– इरानले सोमबारदेखि देशको उत्तरपूर्वी मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन

सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा