आफ्ना नागरिकलाई युक्रेन छोड्न एक दर्जन भन्दा बढी देशको आग्रह « Khabarhub

आफ्ना नागरिकलाई युक्रेन छोड्न एक दर्जन भन्दा बढी देशको आग्रह


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् ।

रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

अस्ट्रेलिया, इटाली, इजरायल, द नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई फिर्ता बोलाएका छन् ।

अमेरिका, जर्मनी र बेलायतलगायतका देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न भनेको छ ।

क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी सहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाएकी छिन् ।

एउटा फोनवार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् ।

उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : १५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन