आफ्ना नागरिकलाई युक्रेन छोड्न एक दर्जन भन्दा बढी देशको आग्रह « Khabarhub

आफ्ना नागरिकलाई युक्रेन छोड्न एक दर्जन भन्दा बढी देशको आग्रह


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् ।

रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

अस्ट्रेलिया, इटाली, इजरायल, द नेदरल्यान्डस, जापानले पनि आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई फिर्ता बोलाएका छन् ।

अमेरिका, जर्मनी र बेलायतलगायतका देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न भनेको छ ।

क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी सहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाएकी छिन् ।

एउटा फोनवार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् ।

उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : १५ बजे

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौंं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप करिब

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौं– नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष