संसद् बैठक प्रधानमन्त्रीले सार्नुभयो, बदनाम मेरो गरियो : प्रचण्ड « Khabarhub

संसद् बैठक प्रधानमन्त्रीले सार्नुभयो, बदनाम मेरो गरियो : प्रचण्ड


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिनिधिसभा बैठक स्थगित गरेको भनेर बदनाम गरिएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक सारिए पनि आरोप भने आफुलाई लागेको बताए । २७ औं ‘जनयुद्ध दिवस’को अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा बैठक आफनो आदेश र निर्देशनमा नभई प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको प्रस्ट्याएका हुन् ।

‘प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, हिजो प्रधानमन्त्रीजीले मसँगको भेटमा मैले बैठक राेके तपाईँको नाम जोडियो भनेर भन्नुभयो।’. ’प्रचण्डले भने, ‘प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्।’

हिजो सञ्चारमन्त्रीले आफ्नै अगाडी सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाए पनि प्रचार भने प्रचण्डको नाममा भएको उनले बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : २८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री