अल्लू अर्जुनलाई पूजा र हवन गर्न ज्योतिषको सुझाव « Khabarhub

अल्लू अर्जुनलाई पूजा र हवन गर्न ज्योतिषको सुझाव


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)- दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् ।

यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउन थालेका छन् । किनकि अल्लूको हातमा अझै पनि कैयौं राम्रा प्रोजेक्टहरू छन् ।

ज्योतिषहरूका अनुसार अल्लू यो समय आफ्नो जिन्दगीको उत्कृष्ट फेजमा प्रवेश गरिसकेका छन् । खासगरी करियरको हिसाबले उनी उच्च स्थानमा छन् । करियरलाई राम्रो बनाउन ज्योतिषले अभिनेतालाई विशेष पूजा र हवन गर्न सुझाव दिएका छन् । यी कार्य गरेमा अभिनेताले अवरोधको सामना नगर्नुपर्ने सुझाव ज्योतिषको छ ।

यहीकारण अल्लू अर्जुन आफ्नो परिवारका साथ फार्महाउसमा पूजा गर्दैछन् । त्यसपछि उनी फिल्म ‘पुष्पा २’ को तयारीमा लाग्नेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।