यासोक बजारमा आगलागी हुँदा एक घर र पाँच वटा पसल जले « Khabarhub

यासोक बजारमा आगलागी हुँदा एक घर र पाँच वटा पसल जले


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शनिवार साँझ भएको आगलागीमा एउटा घर र पाँच वटा पसल जलेर नष्ट भएका छन् ।

आगलागीमा यासोक बजारका झरेन्द्र खतिवडाको घर जलेर खरानी भएको छ । आगलागीमा अन्यका चार वटा पसलहरु जलेका छन् । कच्ची घरबाट सुरु भएको आगलागी उक्त घरसँगै अन्य पक्कि घरहरु रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीले जनाएका छन् ।

फिदिम नगरपालिकाको बारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ५५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन