राष्ट्रसंघका महासचिव गुटरेसले भने, ‘लिबियाको राजनीतिक संकटबारे सबै पक्ष लाग्नुपर्छ’ « Khabarhub

राष्ट्रसंघका महासचिव गुटरेसले भने, ‘लिबियाको राजनीतिक संकटबारे सबै पक्ष लाग्नुपर्छ’


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले लिबियामा स्थायित्वका लागि त्यहाँका सबै पक्ष लाग्नुपर्ने बताएका छन्। लिबियाको स्थायित्वका लागि त्यहाँका राजनीतिक दलहरुलाई आग्रह गरेको महासचिव गुटर्रेसका प्रवक्ताले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा पछिल्लो समयमा राजनीतिक संकट चुलिँदै गएको छ । त्यसैले यस देशको स्थायित्व र राजनीतिक निकासका लागि सबै पक्षको सक्रियताको आवश्यकता रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

लिबियामा गएको डिसेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम तय भएको थियो । तर पछि सो निर्वाचन सम्पन्न हुन नसकेकाले यहाँ राजनीतिक संकट चुलिँदै गएको छ ।

संयुक्त राष्ट्रसंघले यहाँ राजनीतिक संकट थप गहिरिन नदिनका लागि सबै पक्षहरुसँग छलफल चलाएको बताइएको छ ।गएको डिसेम्बरको पूर्व निर्धारित समयमा राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न नसकेपछि यहाँ राजनीतिक स्थयित्वको प्रश्न उठेको छ ।

अहिलेको सरकार र संसदको वैधानिकता माथि पनि प्रश्न उठेको बताइएको छ । त्यसैले यहाँको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सबै गम्भीर हुनुपर्ने भन्दै यहाँका सबै राजनीतिक दलहरुलाई महासचिव गुटर्रेसले आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : १० बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री