प्रचण्डले ‘जनयुद्ध’ को उपलब्धिसँग कुर्सी साटेः प्रभु साह « Khabarhub

प्रचण्डले ‘जनयुद्ध’ को उपलब्धिसँग कुर्सी साटेः प्रभु साह


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएका छन् ।

२७ औँ जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा भएको शहीद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री साहले प्रचण्डलाई ‘लाल गद्दार’ को संज्ञा दिए ।

परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउँदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौँ शहीदको रगतको बलमा जनयुद्धमार्फत् देशमा प्राप्त उपलब्धिहरू कांग्रेसको पाउँमा चढाएको उनको आरोप छ ।

नेता साहले रौतहटका प्रथम ‘जनयुद्ध’ शहीद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे । फतुवा विजयपुर नगरपालिकाकी उपमेयरसमेत रहेकी शहीद महतोकी श्रीमती कान्ति देवी महतोको अगुवाइमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वाहा र उद्धव रेग्मी, प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर), मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १० : ४० बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण