टीभीएस रेडर १२५ ''इण्डियन मोटरसाइकल अफ दि इयर'' बन्न सफल  | Khabarhub Khabarhub

टीभीएस रेडर १२५ ”इण्डियन मोटरसाइकल अफ दि इयर” बन्न सफल 


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिकप्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महा द्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।

इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यिय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यनदत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदाआईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ । टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने ।

हरेक बर्ष भारतिय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन् । ती मध्य धेरै जसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइल व्यापारमै उल्लेखनिय बिक्रिको रेकर्ड राख्न सफल हुन्छन् । यस बर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रि सहित अग्रता हात पार्न सफल भएको छ ।

उत्पत्तीको स्थान अन्यत्र भएता पनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटर साइकलहरु भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य गरिएको छ । साथै मोटरसाइकलहरु अवार्डका लागि मान्य हुन १ डिसेम्बर २०२० देखि ३० नोवेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनु पर्दछ ।

उपाधि विजेताको घोषणा निर्णायक मण्डलीको भोटका आधारमा गरिएको हो। निर्णायक मण्डलीमा सहभागी हरेक सदस्यको हातमा २५ अंक रहेको हुन्छ र तिनले प्रतिस्पर्धामा सम्मिलित कम्तिमा ५ मोटरसाइकलका लागि अंक विनियोजन गर्नुपर्ने हुन्छ । साथै, तिनले कुनै पनि बाइकलाई १० भन्दा बढी अंक प्रदान गर्न पाउँदैनन् । निष्पक्ष र पारदर्शी प्रणालीले गर्दा आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रुपमा लिइन्छ । सन् २००७ मा भारत भरका वरिष्ठ तथा कहलिएका अटोमोबाइल पत्रकारहरुको भेला हुँदा आईएमओटीवाईको शुरुवात गर्ने निर्णयसंगै यस अवार्डको थालनी गरिएको थियो ।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोक प्रियता पाइरहेको छ । जगदम्बा मोटर्सद्वारा सन् २०२१ को नोवेम्बरमा सार्वजनिक गरिएको यो बाइकयुवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनिय संख्यामा बिक्रि भइरहेको छ  ।

टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवलमोनोशक सस्पेन्सन, यूएसबीचार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँएलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्तिप्रदानगरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएमअधिकतम टर्क उत्पाद नगर्ने क्षमता बोकेको छ ।

बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हालसम्म पनि २ भल्भइञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भइञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ  यो मोटरसाइकलले शुन्यदेखि ६० किलो मिटर प्रति घण्टाको गतिजम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ । भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित यो बाइक नेपाल भर रहेका टीभीएस शोरुमहरु मार्फत सहजै उपलब्ध रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : २१ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा