चीनमा कोरोना सङ्क्रमित बढ्न थाले « Khabarhub

चीनमा कोरोना सङ्क्रमित बढ्न थाले


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितहरू बढ्न थालेको पाइएको छ । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या १ हजार ८०० भन्दा बढी पुगको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।


गत शुक्रबार ५०० भन्दा केही बढी संक्रमित देखिएकामा शनिबार मात्र १ हजार ८०० भन्दा पनि बढी भेटिएका बताइएको छ । त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।

सो कमिसनका अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । शनिबार भेटिएका १ हजार ८०७ जनामध्ये जिलिनमा मात्र १ हजार ४०० भन्दा बढी संक्रमित पाइएको छ । जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा हरेक दिन सङ्क्रमितको संख्या बढ्दै गएको पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि सरकारले कोरोनाबाट निको भएका नागरिकहरूमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । त्यहाँका सबैजसो नागरिकलाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरूको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । त्यहाँ अहिले पनि करिब पाँच हजार जना नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका छन् । (राससबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : १५ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको