अरु प्रयोगकर्ताबाट फेसबुकको प्रोफाइल जोगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् « Khabarhub

अरु प्रयोगकर्ताबाट फेसबुकको प्रोफाइल जोगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेको जमानामा फेसबुक मानव जीवनको अभिन्न अङ्ग बनिसकेको छ । फेसबुक नचलाउने वा फेसबुक प्रोफाइल नभएका मानिस आजकल भेट्न मुस्किल छ ।

फेसबुक र अरु सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताहरू आफ्नो प्रोफाइलको गोपनियतामाथि पनि सचेत हुन आवश्यक छ । यसका लागि फेसबुकमा एउटा फिचर उपलब्ध छ ।

के तपाईँ आफ्नो प्रोफाइलका गोप्य जानकारी अरु कसैले नहेरोस् भन्ने चाहनुहुन्छ ? त्यसका लागि फेसबुकमा एउटा फिचर उपलब्ध छ । यो फिचरले अरु मानिसलाई आफ्नो प्रोफाइल स्क्रिनसट गर्न, प्रोफाइलमा भएका तस्वीर अरु सामग्री डाउनलोड गर्न दिँदैन । यसले अरु कसैलाई तपाईँका महत्वपूर्ण फाइलमा पहुँच दिँदैन ।

यद्यपि नेपालमा भने फेसबुकको प्रोफाइल गार्ड फिचर उपलब्ध छैन । यसका लागि प्रयोगकर्ताले थर्ड पार्टी एपको प्रयोग गर्नुपर्ने हुन्छ ।

यसका लागि शुरुमा गुगल प्लेस्टोरमा गएर ‘मोनोकाइ टुलकिट’ (monokai toolkit) नामक एप इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसमा आफ्नो अकाउन्ट लग इन गर्नुभयो भने त्यहाँ फिड, म्यासेज, टुल र सेटिङ गरी चारवटा अप्सन देखा पर्छन् ।

टुलमा ट्याप गरिसकेपछि नयाँ पेजमा सर्चबारको दायाँपट्टि अरु तीनवटा अप्सन देखा पर्छन् ।

अब ती तीनमध्ये बीचमा रहेको आइकन पर्सनलमा ट्याप गर्नुहोस् । त्यहाँ गार्ड फिचर देखा पर्छ । त्यसमा अवतार गार्ड देखिन्छ । त्यसलाई अन गर्दा फेसबुकको प्रोफाइल गार्ड स्वतः एक्टिभेट हुन्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : १७ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र