अरु प्रयोगकर्ताबाट फेसबुकको प्रोफाइल जोगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् « Khabarhub

अरु प्रयोगकर्ताबाट फेसबुकको प्रोफाइल जोगाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेको जमानामा फेसबुक मानव जीवनको अभिन्न अङ्ग बनिसकेको छ । फेसबुक नचलाउने वा फेसबुक प्रोफाइल नभएका मानिस आजकल भेट्न मुस्किल छ ।

फेसबुक र अरु सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताहरू आफ्नो प्रोफाइलको गोपनियतामाथि पनि सचेत हुन आवश्यक छ । यसका लागि फेसबुकमा एउटा फिचर उपलब्ध छ ।

के तपाईँ आफ्नो प्रोफाइलका गोप्य जानकारी अरु कसैले नहेरोस् भन्ने चाहनुहुन्छ ? त्यसका लागि फेसबुकमा एउटा फिचर उपलब्ध छ । यो फिचरले अरु मानिसलाई आफ्नो प्रोफाइल स्क्रिनसट गर्न, प्रोफाइलमा भएका तस्वीर अरु सामग्री डाउनलोड गर्न दिँदैन । यसले अरु कसैलाई तपाईँका महत्वपूर्ण फाइलमा पहुँच दिँदैन ।

यद्यपि नेपालमा भने फेसबुकको प्रोफाइल गार्ड फिचर उपलब्ध छैन । यसका लागि प्रयोगकर्ताले थर्ड पार्टी एपको प्रयोग गर्नुपर्ने हुन्छ ।

यसका लागि शुरुमा गुगल प्लेस्टोरमा गएर ‘मोनोकाइ टुलकिट’ (monokai toolkit) नामक एप इन्स्टल गर्नुपर्ने हुन्छ । त्यसमा आफ्नो अकाउन्ट लग इन गर्नुभयो भने त्यहाँ फिड, म्यासेज, टुल र सेटिङ गरी चारवटा अप्सन देखा पर्छन् ।

टुलमा ट्याप गरिसकेपछि नयाँ पेजमा सर्चबारको दायाँपट्टि अरु तीनवटा अप्सन देखा पर्छन् ।

अब ती तीनमध्ये बीचमा रहेको आइकन पर्सनलमा ट्याप गर्नुहोस् । त्यहाँ गार्ड फिचर देखा पर्छ । त्यसमा अवतार गार्ड देखिन्छ । त्यसलाई अन गर्दा फेसबुकको प्रोफाइल गार्ड स्वतः एक्टिभेट हुन्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : १७ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन