ट्रम्पको चेतावनी – पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छन् « Khabarhub

ट्रम्पको चेतावनी – पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छन्


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धले तेश्रो विश्वयुद्धको खतरा निम्त्याएको चेतावनी दिएका छन् । साउथ क्यारोलाइना राज्यमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

‘यसले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छ ।’ ट्रम्पले भने, ‘के भइरहेको छ म हेरिरहेको छु, यदि तपाईंलाई पुटिन रोकिएलान् जस्तो लाग्छ, यो अझ खराब हुँदै जानेछ ।’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हार स्वीकार नगर्ने भन्दै अहिले उनीसँग वार्ता गर्न कोही पनि नभएको बताए । त्यसपछि उनले र्‍यालीमा सहभागीहरुलाई सुनाए, ‘म हुँदा उनीसँग बोल्ने कोही त थियो ।’

वर्तमान राष्ट्रपति जो बाइडनप्रति लक्षित गर्दै ट्रम्पले यदी आफू राष्ट्रपति भएको भए पुटिनले युक्रेनमा हमला नगर्ने समेत दाबी गरे । ‘रुसविरुद्ध म जति कठोर कोही थिएन ।’ ट्रम्पको भनाइ थियो ।

(अनादोलू एजेन्सीबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ५ : १२ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक