ट्रम्पको चेतावनी – पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छन् « Khabarhub

ट्रम्पको चेतावनी – पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छन्


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धले तेश्रो विश्वयुद्धको खतरा निम्त्याएको चेतावनी दिएका छन् । साउथ क्यारोलाइना राज्यमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

‘यसले तेश्रो विश्वयुद्ध निम्त्याउन सक्छ ।’ ट्रम्पले भने, ‘के भइरहेको छ म हेरिरहेको छु, यदि तपाईंलाई पुटिन रोकिएलान् जस्तो लाग्छ, यो अझ खराब हुँदै जानेछ ।’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हार स्वीकार नगर्ने भन्दै अहिले उनीसँग वार्ता गर्न कोही पनि नभएको बताए । त्यसपछि उनले र्‍यालीमा सहभागीहरुलाई सुनाए, ‘म हुँदा उनीसँग बोल्ने कोही त थियो ।’

वर्तमान राष्ट्रपति जो बाइडनप्रति लक्षित गर्दै ट्रम्पले यदी आफू राष्ट्रपति भएको भए पुटिनले युक्रेनमा हमला नगर्ने समेत दाबी गरे । ‘रुसविरुद्ध म जति कठोर कोही थिएन ।’ ट्रम्पको भनाइ थियो ।

(अनादोलू एजेन्सीबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ५ : १२ बजे

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स