स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ती छैन : प्रधानमन्त्री « Khabarhub

स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ती छैन : प्रधानमन्त्री


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ती नरहेको बताएका छन्।

आइतबार काठमाडौँमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको भन्दै शब्दमा आपत्ती जनाउन नहुने धारणा राखे। त्यस्तै उनले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर जनप्रतिनिधिहरुले सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गरे। स्थानीय तहको विकास निर्माणका साथै नीति निर्माण र कार्यान्वयनमा जनतालाई प्रत्यक्ष सहभागी गराउनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री देउवाले देशभरका नगरलाई व्यवस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए।

कार्यक्रममा प्रधानमन्त्री देउवाले विभिन्न विधामा उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेका थिए । नगरपालिका संघले गरेको मुल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन् । त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ । वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका पुरस्कृत भएको छ ।

त्यस्तै स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको भने सामाजिक विकासको विधानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ५ : ३६ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल