बिमामा पहुँचका लागि प्रचारप्रसार आवश्यकः मुख्यमन्त्री शाही « Khabarhub

बिमामा पहुँचका लागि प्रचारप्रसार आवश्यकः मुख्यमन्त्री शाही


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिमा समितिले प्रदेश सरकारसँग गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले बिमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नदिँदा बिमितहरू महिनौँसम्म कम्पनीहरूमा धाउनुपर्ने र बीमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै यसमा सुधार गर्न पनि आग्रह गरेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले प्रदेशको वस्तुस्थितिलाई ध्यानमा राखेर बिमालेख तयार गर्न समितिलाई आग्रह गरे ।

उनले प्रदेश कार्यालयमा बीमा इकाई स्थापना गर्ने पनि जानकारी दिए ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सीमान्तकृत समुदायका लागि प्रदेश सरकारबाट नै बिमा गरिदिने व्यवस्था गर्न र आर्थिक रूपले सबल समुदायका लागि भने सार्वजनिक सेवासँग आबद्ध गरेर बिमाको दायरामा ल्याउन आग्रह गरेका छन् ।

अध्यक्ष सिलवालले प्रदेश बिमा नीतिको तर्जुमा, बिमा शिक्षालगायतका विषयमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न समिति तत्पर रहेको पनि बताए ।

कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशकुमार लाललगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ५ : ४९ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल