तनहुँ दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो « Khabarhub

तनहुँ दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको ऐनापहरा सडक दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा टाटासुमो चालक जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ वर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरीको यस अगाडी नै पहिचान खुलेको थियो । तिनै जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनले बताए ।

आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आउदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट गइरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन् ।

ति मध्य टाटासुमोमा सवार नौ जना घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकिल कलेज रिफर गरिएकोमा तीन जनाको भएको छ ।  बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : २७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।