सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा « Khabarhub

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिभिल बैंकले ओखलढुङ्गा जिल्ला रुम्जाटारमा नयाँ एक्सटेन्सन सेवा सुरु गरेको छ । बैंकले रुम्जाटार स्थित यातायात ब्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन् ।

एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के,रुम्जाटार यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्नबहादु रगुरुङ, श्री रुम्जाटार मा.वि का प्रधानाध्यपक  गोकर्ण बहादुर वानिया, सिभिल बैंकका चिफ क्रेडिटका  सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, , मिडियाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरूलाई यातायात ब्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सकिने बैंकले जनाएको छ  ।

 बैंकले हाल सम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटिएमहरुमार्फत सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदानगरिँदै आएको छ । सिभिल बैंकले ११ एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ ।

जसमध्ये ७ वटा एक्सटेन्सन काउन्टरहरू बाट नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करीव रु. ८९अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु.९०अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : ४९ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन