स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो : प्रधानमन्त्री देउवा « Khabarhub

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो : प्रधानमन्त्री देउवा


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् ।

नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए ।

‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’

संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए । जनतालाई सुशासनको प्रत्याभूती गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए ।

‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ । वातावरण अस्वच्छ भएको छ । वातावरणमैत्री विकासको आवश्यकता छ । आफ्नो नगरपालिकालाई नमुन बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : ३९ बजे

राष्ट्रियसभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।