ट्राफिक प्रहरी कार्यालयका सहयोगी कर्मचारीलाई सम्मान « Khabarhub

ट्राफिक प्रहरी कार्यालयका सहयोगी कर्मचारीलाई सम्मान


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ सहयोगी कर्मचारीलाई खादा लगाएर सम्मान गरिएको छ ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले यो कार्यालय तथा मातहतमा कार्यरत ४२ कार्यालय सहयोगीलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी दिँदै खादा लगाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा एसएएसी जोशीले प्रहरी कर्मचारीहरूसँग अन्तरक्रियासमेत गरेका थिए ।

यस अवसरमा एसएसपी जोशीले आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप ईमान्दारी, क्रियाशील र समर्पित भई सेवा गर्न निर्देशनसमेत दिए ।

उनले नेपाल प्रहरीको श्रेणी विहीन पदमा रही लामो समयदेखि कार्यालयको कामकारबाहीमा सहयोग गरिरहेका प्रहरी कर्मचारीको स्तर निर्धारण हुँदा थप उत्प्रेरणा र मनोवल उच्च भएको पनि बताए ।

यस ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ५ जना पञ्चम, ११ जना चतुर्थ, १३ जना तृतीय, ८ जना द्वितीय र ४ जनालाई प्रथम स्तरमा स्तर निर्धारण गरिएको छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १२ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र