आँधीबाट फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो « Khabarhub

आँधीबाट फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुग्यो


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आँधीपछिको बाढी र पहिरोमा परी फिलिपिन्समा ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । उद्धारकर्ताहरुलेमेगी’ नामक आँधीबाट प्रभावित लेटे प्रान्तको बेबे शहर र आसपासका क्षेत्रमा थप शव फेला पारेसँगै मृतकको संख्या ५८ पुगेको समाचार संस्था एएफपीले जनाएको छ ।

बेबे शहरमा मात्रै ४७ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै, फिलिपिन्सको मिन्दानाओ टापु र मध्य फिलिपिन्सको नेग्रोस ओरिएन्टल प्रान्तमा ३–३ जनाको मृत्यु भएको त्यहाँको विपद् निकायले जनाएको छ ।

सैनिक, तटरक्षक, प्रहरी, अग्निनियन्त्रक लगायतको टोलीबाट उद्धारकार्य भइरहेको छ । यद्यपि निरन्तर पानी परिरहेकाले उद्धारकार्यमा बाधा उत्पन्न भएको छ ।

‘चुनौति यो छ की, यहाँ निरन्तर पानी परिरहेको छ र हामी तुरुन्तै पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन सक्दैनौँ ।’ फिलिपिनी सेनाका ब्रिगेड कमाण्डर नोएल भेस्तुइरलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

‘हामी मानिसहरूको ज्यान लिने र सम्पत्तिको क्षति गराउने दुर्भाग्यपूर्ण घटनाबाट स्तब्ध भएका छौँ ।’ भेस्तुइरले भने ।

हरेक वर्ष फिलिपिन्समा औसत २० वटा आँधी आउने बताइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ०९ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित