स्टोरी बैंकका लागि बोर्डले छान्यो २० फिल्म « Khabarhub

स्टोरी बैंकका लागि बोर्डले छान्यो २० फिल्म


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डले २०७८ सालमा स्टोरी बैंकका लागि मागेको आवेदनबाट २० फिल्म छानेको छ ।

बोर्डले मंगलबार सूचना जारी गर्दै १० लघु फिल्म र १० वटा फिचर फिल्म छनोट गरेको जानकारी गराएको छ । लघु फिल्म अन्तर्गत गोपालचन्द्र लामिछाने, सूर्यबहादुर शाही, दिलिप पन्त, प्रकाश सापकोटा, सुन्दर योञ्जन, लेखनाथ पोखरेल, अम्बिका भण्डारी, गोपाल विक, ङिमा गेलु लामाका फिल्म छानिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, फिचर फिल्मतर्फ मनोज बाबु पन्त, मीन भाम, राजेशप्रसाद खत्री, निरञ्जनराज भेटवाल, फिडेल देवकोटा, भिमबहादुर राना, विनोद खतिवडा, निरजप्रसाद थपलिया, निर्मल पौडेल र नवल खड्काका पटकथा उत्कृष्ट १० भित्र परेका छन् ।

स्वदेशी तथा मौलिक फिल्म निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले अघिल्लो वर्ष ‘स्टोरी बैंक कार्यविधि २०७७’ बनाएको थियो । कार्यविधिले नेपाली नागरिकबाट पटकथा माग्ने र तिनलाई मौलिकता, ऐतिहासिकता, सांस्कृतिक कसीमा जाँची पुरस्कृत गर्ने व्यवस्था गरेको छ ।

विकास बोर्डका अनुसार ६५ हाराहारी फिल्मबाट उत्कृष्ट २० छानिएको हो । यसरी छानिएका फिल्मले चलचित्र विकास बोर्डबाट निर्माणका लागि आर्थिक सहयोग पाउँछन् । पहिलो वर्ष बोर्डले ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथामध्येबाट छानिएका ५ मौलिक कथालाई निर्माणमा सघाउने घोषणा गरेको थियो । कार्यविधिअनुसार दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्मलाई राज्यले निर्माणमा सघाउने कार्यविधिमा उल्लेख गरिएको थियो । यो वर्ष भने बोर्डले थप ५ फिल्मलाई निर्माणमा सघाउने बताएको छ ।

बोर्डमा प्राप्त पटकथालाई तीन सदस्यीय मूल्यांकन समितिले मूल्यांकन गरेर बोर्ड समक्ष सिफारिस गर्ने र सोही सिफारिसका आधारमा उत्कृष्ट पटकथाको नाम घोषणा गर्ने बताइएको थियो । सरकारले अघिल्लो वर्ष ‘स्टोरी बैंक’ मा ५० लाख रकम छुट्याएकोमा यस वर्ष त्यो रकम दोब्बर बनाएर १ करोड बनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ५९ बजे

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति