स्टोरी बैंकका लागि बोर्डले छान्यो २० फिल्म « Khabarhub

स्टोरी बैंकका लागि बोर्डले छान्यो २० फिल्म


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डले २०७८ सालमा स्टोरी बैंकका लागि मागेको आवेदनबाट २० फिल्म छानेको छ ।

बोर्डले मंगलबार सूचना जारी गर्दै १० लघु फिल्म र १० वटा फिचर फिल्म छनोट गरेको जानकारी गराएको छ । लघु फिल्म अन्तर्गत गोपालचन्द्र लामिछाने, सूर्यबहादुर शाही, दिलिप पन्त, प्रकाश सापकोटा, सुन्दर योञ्जन, लेखनाथ पोखरेल, अम्बिका भण्डारी, गोपाल विक, ङिमा गेलु लामाका फिल्म छानिएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, फिचर फिल्मतर्फ मनोज बाबु पन्त, मीन भाम, राजेशप्रसाद खत्री, निरञ्जनराज भेटवाल, फिडेल देवकोटा, भिमबहादुर राना, विनोद खतिवडा, निरजप्रसाद थपलिया, निर्मल पौडेल र नवल खड्काका पटकथा उत्कृष्ट १० भित्र परेका छन् ।

स्वदेशी तथा मौलिक फिल्म निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले अघिल्लो वर्ष ‘स्टोरी बैंक कार्यविधि २०७७’ बनाएको थियो । कार्यविधिले नेपाली नागरिकबाट पटकथा माग्ने र तिनलाई मौलिकता, ऐतिहासिकता, सांस्कृतिक कसीमा जाँची पुरस्कृत गर्ने व्यवस्था गरेको छ ।

विकास बोर्डका अनुसार ६५ हाराहारी फिल्मबाट उत्कृष्ट २० छानिएको हो । यसरी छानिएका फिल्मले चलचित्र विकास बोर्डबाट निर्माणका लागि आर्थिक सहयोग पाउँछन् । पहिलो वर्ष बोर्डले ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथामध्येबाट छानिएका ५ मौलिक कथालाई निर्माणमा सघाउने घोषणा गरेको थियो । कार्यविधिअनुसार दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्मलाई राज्यले निर्माणमा सघाउने कार्यविधिमा उल्लेख गरिएको थियो । यो वर्ष भने बोर्डले थप ५ फिल्मलाई निर्माणमा सघाउने बताएको छ ।

बोर्डमा प्राप्त पटकथालाई तीन सदस्यीय मूल्यांकन समितिले मूल्यांकन गरेर बोर्ड समक्ष सिफारिस गर्ने र सोही सिफारिसका आधारमा उत्कृष्ट पटकथाको नाम घोषणा गर्ने बताइएको थियो । सरकारले अघिल्लो वर्ष ‘स्टोरी बैंक’ मा ५० लाख रकम छुट्याएकोमा यस वर्ष त्यो रकम दोब्बर बनाएर १ करोड बनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ३ : ५९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा