मारिउपोलमा १ हजारभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी « Khabarhub

मारिउपोलमा १ हजारभन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी मारिउपोल शहरमा एक हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाको ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ सैनिकले आत्मसमर्पण गरेका हुन् ।

त्यस्तै, रुसी गणराज्य चेचेन्याका नेता रमजान कादिरोभले पनि मारिउपोल शहरमा १ हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएका थिए । उनले मारिउपोल शहरको एजोभस्तल औद्योगिक इलाकामा रहेका युक्रेनी सैनिकलाई पनि आत्मसमर्पण गर्न आह्वान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘एजोभस्तल इलाकामा अझै पनि २ सय घाइतेहरुले स्वास्थ्य सहायता प्राप्त गर्न सकेका छैनन् ।’ कादिरोभले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, ‘त्यसैले उनीहरु र अरुका लागि पनि व्यर्थको यो प्रतिरोधलाई छाडेर परिवारसँग घर फर्केको राम्रो हुन्छ ।’

एजोभस्तल इलाका आसपास भीषण लडाइँहरू भइरहेको रोयटर्सले जनाएको छ । यदी मारिउपोलको एजोभस्तल इलाकामा कब्जा गरेको खण्डमा मारिउपोलको बन्दरगाह रुसी फौजको पूर्ण नियन्त्रणमा जाने जनाइएको छ ।

झण्डै सात साता लामो घेराबन्दीमा परेको मारिउपोलमा हजारौँको ज्यान गइसकेको हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ५८ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका