नेप्सेमा ३० अंकको सुधार « Khabarhub

नेप्सेमा ३० अंकको सुधार


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्ष २०७८ काे अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ ।

यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्ता यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ । बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् ।

कारोबारको रकम भनि मंगलबारको तुलनामा भन्दा पनि कमि आएको छ । शुक्रबार दुई सय २२९ वटा कम्पनीको २८९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।

अत्याधिक बढ्नेमध्ये अदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्राे इन्डेक्स २ दशमलव १४ प्रतिशत र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ । सधै जसो शुक्रबार पनि नेश्डो लघुवित्तले भने १० प्रतिशत बढेर २२६२.७ मा अन्तिम कारोबार भएको छ । यसैगरी अत्याधिक बढ्नेमध्ये आर यम डिशी लघुवित्त ८ दशमलव‍ ९८ प्रतिशतले बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९ प्रतिशतले बढ्दा १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बड्दा १५००, स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बड्दा अन्तिम कारोबार ५२१ मा भएको छ।

यसैगरी, अत्याघिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ शारथी लघुवित्त १९ अंक घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ । अत्याघिक कारोबार हुनेमधेय शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : २५ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना