नेप्सेमा ३० अंकको सुधार | Khabarhub Khabarhub

नेप्सेमा ३० अंकको सुधार


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्ष २०७८ काे अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ ।

यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्ता यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ । बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् ।

कारोबारको रकम भनि मंगलबारको तुलनामा भन्दा पनि कमि आएको छ । शुक्रबार दुई सय २२९ वटा कम्पनीको २८९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।

अत्याधिक बढ्नेमध्ये अदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्राे इन्डेक्स २ दशमलव १४ प्रतिशत र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ । सधै जसो शुक्रबार पनि नेश्डो लघुवित्तले भने १० प्रतिशत बढेर २२६२.७ मा अन्तिम कारोबार भएको छ । यसैगरी अत्याधिक बढ्नेमध्ये आर यम डिशी लघुवित्त ८ दशमलव‍ ९८ प्रतिशतले बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९ प्रतिशतले बढ्दा १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बड्दा १५००, स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बड्दा अन्तिम कारोबार ५२१ मा भएको छ।

यसैगरी, अत्याघिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ शारथी लघुवित्त १९ अंक घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ । अत्याघिक कारोबार हुनेमधेय शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : २५ बजे

‘संविधानलाई धक्का लागेको छ, समयमै निर्वाचन गरेर ट्रयाकमा ल्याउनुपर्छ’

काठमाडौं– संविधानविद् र अधिकारकर्मीहरूले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा

माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी

आगोले निभाउन नसकेको नेताको अहं

निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए

शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन पुष्टि

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ