जम्मु कश्मीरमा खेलकुद गतिविधि बढ्यो « Khabarhub

जम्मु कश्मीरमा खेलकुद गतिविधि बढ्यो


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको जम्मु कश्मीरमा पछिल्लो समय खेलकुदले पुनरागमन गरेको छ । विश्वभर खेलकुद उद्योगले ठूलो फड्को मारिरहेका बेला भारत सरकारले पनि जम्मु कश्मीरमा खेलकुदका गतिविधिलाई तीव्र पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘खेलो इण्डिया’ कार्यक्रमअन्तर्गत सरकारले खेलकुदका पूर्वाधारको विकासलाई पनि तीव्रता दिएको छ । कार्यक्रमअन्तर्गत सरकारले खेलकुद तथा युवा क्लबको गठन, व्यावसायिक खेलकुद विज्ञको नियुक्ती, प्रतिभाशाली खेलाडीको छनौट लगायतका गतिविधिलाई तीव्र बनाएको जनाइएको छ ।

यसबाहेक सरकारले राजपत्र अंकित र राजपत्र अनकिंत गरी दुई वर्गका खेलाडीहरुको नियुक्ती गरी उनीहरुलाई रोजगारीको अवसर पनि दिइएको छ ।

हालै जम्मु कश्मीरका फुटबलर दानिश फरुखले भारतका तर्फबाट बहराइनविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यु गरेका थिए । यसबाहेक हालसम्म जम्मु कश्मीरका ३० भन्दा धेरै फुटबलरले भारतको प्रतिनिधित्व गरिसकेका छन् ।

यसबाहेक हालै डिपिएस श्रीनगरले दौड प्रतियोगिताको आयोजना गरेको थियो । नसिमबाघ देखि निशान्तबाघ सम्मको दौड प्रतियोगितामा ४ सय भन्दा धेरै बालबालिकाको सहभागिता रहेको जनाइएको छ ।

यसबाहेक जम्मु कश्मीरमा हालैका दिनहरुमा स्की तालिम, ब्याडमिन्टन प्रतियोगिता, स्नोशु च्याम्पियन्सिप, शहिद अमन स्मारक क्रिकेट प्रतियोगिता लगायतका खेलकुद गतिविधि भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ४७ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको