स्थानीय निर्वाचन : शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर) | Khabarhub Khabarhub

स्थानीय निर्वाचन : शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार बिहानदेखि देशभर उत्साहका साथ मतदान भइराखेको छ। मतदानको दिन बिहानै शीर्ष नेताले विभिन्न मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर बिहानै मतदान गरिसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम पुगेर मतदान गरेका छन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट पुगेर मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पुगेर मतदान गरेका छन्।

सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोक पुगेर मतदान गरेका छन् भने राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिनाले पर्वत पुगेर मतदान गरिसकेका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ पुगेर मतदान गरिसकेका छन्। एमालेका उपाध्यक्ष विष्णु पौडेल बुटवल र माओवादी नेता नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरिसकेका छन्। शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुगेर मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेसमेत मतदान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्दैछन् भने एमाले अध्यक्ष केपी ओलीले बिहान ११ बजेपछि भक्तपुरको बालकोटस्थित शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ५२ बजे

बागमती गोल्डकप आगामी शनिबारदेखि

मनहरी–  बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती

अर्थसहित संसदका ८ समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार

बेलायती प्रधानमन्त्रीले सार्वजनिक रूपमा गराए एड्स परीक्षण 

लन्डन– बेलायतका प्रधानमन्त्री केयर स्टाररले सार्वजनिक रूपमा एड्सको परीक्षण गरेका

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार बढी चरा

बेलबारी– कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको

गाली रोपेर ताली कहाँ फल्छ ‘केपी बा’ ?

सम्राट अलेक्जेण्डर विश्व विजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला