स्थानीय निर्वाचन : शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर) « Khabarhub

स्थानीय निर्वाचन : शीर्ष नेताले यसरी गरे मतदान (फोटो फिचर)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार बिहानदेखि देशभर उत्साहका साथ मतदान भइराखेको छ। मतदानको दिन बिहानै शीर्ष नेताले विभिन्न मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर बिहानै मतदान गरिसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम पुगेर मतदान गरेका छन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट पुगेर मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पुगेर मतदान गरेका छन्।

सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोक पुगेर मतदान गरेका छन् भने राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिनाले पर्वत पुगेर मतदान गरिसकेका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ पुगेर मतदान गरिसकेका छन्। एमालेका उपाध्यक्ष विष्णु पौडेल बुटवल र माओवादी नेता नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरिसकेका छन्। शुक्रबार काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रमा पुगेर मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेसमेत मतदान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्दैछन् भने एमाले अध्यक्ष केपी ओलीले बिहान ११ बजेपछि भक्तपुरको बालकोटस्थित शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ५२ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर