हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकप्टरबाट उद्धार « Khabarhub

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकप्टरबाट उद्धार


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुङ्गाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए ।

घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।

सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टोली खटाएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ५६ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै