मतदानपछि एमाले अध्यक्ष ओलीले भने– देश दुई दलीय प्रणालीतर्फ जाने देखियो (भिडियो) | Khabarhub Khabarhub

मतदानपछि एमाले अध्यक्ष ओलीले भने– देश दुई दलीय प्रणालीतर्फ जाने देखियो (भिडियो)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई दलीय प्रणालीतर्फ जाने देखिएको बताए । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले भने, ‘एमाले एकातिर, गठबन्धन अर्कातिर । मूलतः देश दुई दलीय प्रणालीतिर जाने देखियो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिम सम्म प्रयास गरेको भन्दै त्यो असफल भएको बताए । ‘देउवाले आज डडेल्धुरामा मतदान गर्नुभयो । उहाँले अस्ति ९ वैशाखमा मात्रै चुनाव सारौँ भन्ने औपचारिक प्रस्ताव गर्नुभएको थियो । मैले कुनै पनि हालतमा निर्वाचन सार्ने प्रयास हुँदैन भनेपछि उहाँ सार्ने मनसायबाट पछि सर्नु भएको हो,’ ओलीले भने ।

देउवाले गरेको उक्त प्रस्तावबारे कसैसँग कुरा नगरेको भन्दै अहिले सार्वजनिक गरेको बताए । आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताए ।

यो निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने उनको भनाइ छ । ‘देशभर जनताको असाधारण उत्साहका साथ मतदान भइरहेको छ । केही ठाउँबाहेक । त्यस्तो नहुनुपर्ने हो, त्यस्तो उचित होइन्,’ ओलीले भने, ‘यस निर्वाचनले अत्यन्तै अपेक्षित परिणाम ल्याउँछ भन्ने आशा गरेको छु । जनताको विजयले रोक्न सक्दैन ।’

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : १७ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो