बंगलादेशद्वारा सबै सरकारी अधिकारीको भ्रमणमा रोक « Khabarhub

बंगलादेशद्वारा सबै सरकारी अधिकारीको भ्रमणमा रोक


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश सरकारले त्यहाँका सबै सरकारी अधिकारीहरूका विदेश भ्रमणमा रोक लगाएको छ । 

कोभिडपछि अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो । बंगलादेश सरकारले कोभिडपछि अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याएको जनाएको छ । ती कार्यक्रमहरूमा सहयोग गर्न सबै सरकारी अधिकारीहरूलाई अर्थ मन्त्रालयले आग्रह पनि गरेको जनाइएको छ । अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर सबै प्रकारका सरकारी भ्रमणहरू हाललाई रोकिएको जनाएको हो ।

बंगलादेशको केन्द्रीय बैंकले विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरू आयातमा पनि रोक लगाएको छ । केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययिता सम्बन्धी कार्यक्रमहरू ल्याएको हो । सो कार्यक्रममा सरकारी अधिकारीहरूले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरूको आयातमा रोक लगाइएको छ ।

बंगलादेशको सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै खाद्यान्न सहितका अत्यावश्यक बाहेकका अरु सामानहरूको आयातमा रोक लगाइएको बताइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ०५ बजे

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल