तनहुँमा श्रममन्त्री श्रेष्ठले गरे मतदान « Khabarhub

तनहुँमा श्रममन्त्री श्रेष्ठले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले  व्यास स्थानीय तहको जनप्रतिनिधि छनोट गर्न मतदान गरेका छन् । 

मन्त्री श्रेष्ठले  व्यास नगरपालिका–४ मा रहेको मदर्सा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले सिंहदरबारको अधिकार गाउँमा भन्ने नारालाई सार्थक बनाउने गरी स्थानीय सरकारले काम गर्नुपर्ने बताए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘जनप्रतिनिधि सेवक बन्न सक्नुपर्दछ ।’

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले स्थानीय सरकारले विकासको खाका कोरेको बताए । 

संघीयताको कारण विकासले फड्को मारेको उनको भनाई छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : २८ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय