उत्तर कोरियामा एकजना कोभिड संक्रमितको मृत्यु | Khabarhub Khabarhub

उत्तर कोरियामा एकजना कोभिड संक्रमितको मृत्यु


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियामा एकजना कोभिड संक्रमितको मृत्यु भएको छ । 

उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले एकजना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरेको हो । उत्तर कोरियाले कोभिड–१९ बाट आफ्नो मुलुकमा भएको पहिलो मृत्युको पुष्टि गर्दै ज्वरो विस्फोटक रूपमा राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखी उपचार भइरहेको बताएको छ ।

उत्तर कोरियाले बिहीबार मात्र पहिलो कोरोना संक्रमित फेला परेको जनाएको थियो । केसीएनएका अनुसार राजधानी प्योङयाङका बिरामीमा सङ्क्रमण पाइएका थिए । फेला परेका सङ्क्रमण कोभिडको ओमिक्रोन भरेरिएन्ट भएको पनि समाचारमा जनाइएको छ  । 

यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको  छ   ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  २ : १९ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे