युरोपेली युनियनले युक्रेनलाई थप ५० करोड युरोको सैनिक सहायता दिने « Khabarhub

युरोपेली युनियनले युक्रेनलाई थप ५० करोड युरोको सैनिक सहायता दिने


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले युक्रेनलाई थप ५० करोड युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहायता घोषणा गरेका हुन् ।

जर्मनीमा जारी विश्वका ७ विकसित अर्थतन्त्रहरुको समूह जी ७ का विदेशमन्त्रीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा बोरेलले नयाँ सैन्य सहायतामा ट्यांक तथा तोपखाना प्रणालीजस्ता भारी हातहतियार समेत समावेश रहेको बताए ।

पछिल्लो घोषणासँगै ईयूले युक्रेनलाई उपलब्ध गराएको सैनिक सहायता २ अर्ब युरो पुगेको बोरेलको भनाइ छ ।

यसअघि युरोपेली युनियनले आफ्ना सदस्य मुलुकहरुलाई रुसी तेलमाथि प्रतिबन्धको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकार गर्न हंगेरी र स्लोभाकियाजस्ता रुसी उर्जामा निर्भर मुलुकहरुले आनाकानी गरिरहेको बताइन्छ ।

यद्यपि आगामी केही दिनभित्र प्रस्तावित प्रतिबन्धका विषयमा सहमति जुट्ने अपेक्षा रहेको बोरेलको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ३० बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री