युरोपेली युनियनले युक्रेनलाई थप ५० करोड युरोको सैनिक सहायता दिने « Khabarhub

युरोपेली युनियनले युक्रेनलाई थप ५० करोड युरोको सैनिक सहायता दिने


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले युक्रेनलाई थप ५० करोड युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहायता घोषणा गरेका हुन् ।

जर्मनीमा जारी विश्वका ७ विकसित अर्थतन्त्रहरुको समूह जी ७ का विदेशमन्त्रीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा बोरेलले नयाँ सैन्य सहायतामा ट्यांक तथा तोपखाना प्रणालीजस्ता भारी हातहतियार समेत समावेश रहेको बताए ।

पछिल्लो घोषणासँगै ईयूले युक्रेनलाई उपलब्ध गराएको सैनिक सहायता २ अर्ब युरो पुगेको बोरेलको भनाइ छ ।

यसअघि युरोपेली युनियनले आफ्ना सदस्य मुलुकहरुलाई रुसी तेलमाथि प्रतिबन्धको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकार गर्न हंगेरी र स्लोभाकियाजस्ता रुसी उर्जामा निर्भर मुलुकहरुले आनाकानी गरिरहेको बताइन्छ ।

यद्यपि आगामी केही दिनभित्र प्रस्तावित प्रतिबन्धका विषयमा सहमति जुट्ने अपेक्षा रहेको बोरेलको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै