औषधी/उपचार

चिन्ता लिँदा अल्सरको सम्भावना पनि बढ्दै जान्छ

By खबरहब

June 13, 2022

आजभोली प्राय बिरामी आउँदा मलाई ग्याष्ट्रिक भयो भनेर आउनु हुन्छ । हामीले के भयो भनेर सोध्दा पेटको माथिल्लो भागमा दुख्ने, पोल्ने पेट फुल्लिए जस्तो हुने, ढ्याउ आउने वाकवाकी लाग्ने, छाती पोल्ने जस्ता लक्ष्यण बताउनुहुन्छ । बिरामीले आफै नाम दिनुहुन्छ ।

ग्याष्ट्रिक रोग भन्दा पनि सबै रोगको कलेक्सन हो । ग्याष्ट्रिक सबै भन्दा बढी चिन्ताले भएको देखिन्छ । रोग नलागे पनि आफूलाई के–के हुने हो भनेर आफै डर मानेर अझै बढेको देखिन्छ । जाचँ गर्दा केही भित्री समस्या केही भएको देखिदैन । यो भन्दा एक स्टेप अघि जाँदा यस्ता लक्षणबाट ग्याष्ट्रिक, अल्सर र क्यान्सर पनि हुनसक्छ ।

हामीले छुट्याउदा ‘फगंस्नल डिस्पेप्सिया’ के कारणले कसरी हुन्छ ? त्यसपछि ग्याष्ट्रिक बढ्दै गएपछि अल्सर हुने, रिफल्क्स डिजिज अर्थात् पित्त माथी फर्किने के कारणले हुन्छ ? साथै यो पेट सम्बन्धी रोगहरु लगायत अन्तिममा क्यान्सर के कारणले हुन्छ ? कसरी हुन्छ ? यसका समाधानका उपाय के हुन् भनेर जान्न जरुरी छ ।

ग्याष्ट्रिकको उपचार कसरी गर्ने ? कुनै पनि बिरामी आएर मलाई ग्याष्ट्रिक भयो भन्दा हामीले केही पनि भएको छैन भन्न मिल्दैन । यही भयो भन्न पनि सकिदैन । यसको लागी जाँचबुझ नै गर्नुपर्ने हुन्छ । ग्याष्ट्रिकले भित्री अगंमा के भइरहेको छ ? सिधा हेर्ने भनेको इन्डोस्कोपी जाँच हो । त्यो भन्दा अरु जाँच भनेको ग्याष्ट्रिक गराउने, अल्सर गराउने एक प्रकारको ब्याक्टेरिया, किटाणु हुन्छ, त्यो छ छैन भनेर जाँच्ने विधि छन् ।

तर, ग्याष्ट्रिक भयो भनेर आउने सबैलाई त इन्डोस्कोपी गरिदैन । इन्डोस्कोपी गर्दा धेरै मान्छे आत्तिने डराउने हुन्छ । सबैलाई इन्डोस्कोपी गराउनु पर्ने बाध्यता छैन । ४५ वर्ष भन्दा कम उमेरकाहरु पहिलो पटक ग्याष्ट्रिक भयो भनेर यिनै लक्षण लिएर आउनु भयो भने पहिला अरु पेटको रोगहरु छ कि छैन भनेर बुझनु पर्छ ।

इन्डोस्कोपी किन गर्ने ? कम उमेरमा अचानक तौल घट्यो भने के कारणले भयो भनेर इन्डोस्कोपी गर्न जरुरी छ । विनाकारण वाकवाकी लाग्ने, वान्ता आउने, रगत वान्ता आउने, कालो दिसा आउने, लक्षण देखियो भने इन्डोस्कोपी गर्नु अति जरुरी हुन्छ । केही कुरा निल्दा गाह्रो हुने, अड्किने भयो भने क्यान्सरको लक्षण हुनसक्छ ।

यस्तो बेलामा पनि इन्डोस्कोपी गरिहाल्नुपर्छ । आजभोलिको मान्छेहरुलाई थकाई धैरै लाग्ने, मुटु ढुकढुक हुने, लक्षण देखा पर्दा रक्तअल्पता भएको हुनसक्छ । रक्तअल्पता अल्सरको कारणले भएको हुन्छ । र, अन्य कुनै रोगका कारण आफूले थाहा नपाउने गरी ब्लड लिक भएको हुनसक्छ । जसले गर्दा एनिमिया भएको हुनसक्छ । यस्तो बेलामा इन्डोस्कोपी गर्नु पर्छ ।

इन्डोसकपी गर्दा घाँटी र पेटमा किन गाह्रो हुन्छ ? इन्डोस्कोपी गर्दा पाइपमा क्यामरा जडित गरेर भित्रको खाना नली, आमाशय हेरिन्छ । यो पक्रिया विज्ञ डाक्टरले गर्ने हो । सँधै विज्ञले गर्दा जटिल हुँदैन । यो २ देखि ५ मिनेटमा गर्न सकिने पक्रिया हो ।

यसबाट पाउने जानकारी वा अवस्था सोझै पाउन सकिन्छ । मुखबाट पाइप पठाउँदा ‘ग्यारीफेलेक्स’ त भइहाल्छ । यदि यो भएन भने अर्को नशाको रोग हुनजान्छ । ग्यारीफेलेक्सलाई नर्मल गराउँछौँ ।

त्यसकारण अतिकति असजिलो महसुस हुन्छ । २० देखि ३० मिनेटमा लोकल एनेष्टी एसियाको असर हराउँछ । इन्डोस्कोपी गर्दा हावा दिनु पर्ने भएकाले पेट फुलिने हुनाले बिरामीले असजिलो महशुस गर्नु हुन्छ । डराउनु पर्दैन ।

ग्याष्ट्रिकको उपचार नगरे अल्सर हुनसक्छ ? ग्याष्ट्रिक भएकाले सामान्यतया डिस्फेक्टिक लक्षणहरु देखा पर्छन् । खानपानमा चिल्लो पिरो कम गर्नु, टेन्सन नलिनु भनिन्छ । अल्सर हुने कारण भनेको हेलिको ब्याक्टर पाइलेरिया भन्ने ब्याक्टेरियाले गर्दा हो ।

पहिले अल्सर भएका सबैलाई अपरेशन गर्नुपथ्र्यो । अहिलेको समयमा ब्याक्टेरियाले गर्दा अल्सर हुन्छ भन्ने थाहा पाएपछि यो ब्याक्टेरिया छ वा छैन हेरेर ब्याक्टेरियालाई मार्न सकियो भने यसबाट बच्न सकिन्छ । अर्को भनेको जाचँ नगरी पेनकिलर जस्ता औषधि खाने प्रवृत्तिले अल्सर हुनसक्छ ।

ग्याष्ट्रिकबाट बच्न कस्ता खानेकुरा खाने ? ग्याष्ट्रिकबाट बच्न चिल्लो, पिरो, अमिलो खानेकुरा खान हुँदैन । धेरै खान हुँदैन । चिल्लो कुरा खादाँ रिफलेक्स हुन्छ । आमाशयमा जोड्ने भएको सानो नली माथि फर्किन्छ । जसका कारण घाटीँ पोल्ने, अमिलो पानी आउने लक्षण देखापर्छ।

आमाशयमा जोडिने भल्व खुकुलो हुने खानेकुरा खानु हुँदैन । साथै क्याफिन भएको कुरा चकलेट खानु हुँदैन । साथै यसको प्रयोगमा डाक्टरको सल्लाहविना अनावश्यक रुपमा खाने कुनै औषधि हुँदैन ।

डाक्टरको सल्लाहमा मात्र औषधि खानुपर्छ । धेरै जनाले सोध्नुहुन्छ । मलाई अल्सर त भएको छैन । मैले औषधि त खाएको छु । तर मलाइ केही लक्षण देखिएको छैन भन्नुहुन्छ ।

तर कुनै बिरामीले त लामो समयसम्म पेनकिलर लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा इन्डोस्कोपी कुन अवस्थामा गर्ने त ? ४० प्रतिशतलाई त पेट नदुख्दा पनि अल्सर भएको हुन सक्छ भने ६० प्रतिशतलाई दुखाइ पनि हुदैन ।

र, कम्पलीकेसन आएपछि मात्र थाहा हुन्छ । पेनकिलर खानेहरुलाई लक्षण नदेखिए पनि अल्सर हुन्छ । सकेसम्म आफै औषधी किनेर नखान आग्रह गर्छु ।

समस्या आउन नदिन के गर्ने ? सबै भन्दा पहिले त खाने कुरामा ध्यान दिनुपर्छ । चिल्लो, पिरो, अमिलो खाने कुरामा ध्यान दिनुपर्यो । मद्यपान, धुम्रपान गर्नु भएन । चिन्ता लिनु भएन । जति चिन्ता बढ्छ, अल्सरको सम्भावना पनि त्यति नै बढ्छ ।

अर्को अनावश्यक रुपमा पसलमा गएर औषधि नलिने । मुटुको रोग भएकाहरुले त शंका लाग्ने बित्तिकै डाक्टरको सल्लाह लिइहाल्नुपर्छ । समयमै उपचार गरे निको हुन्छ ।

(पेट तथा कलेजो रोग विशेषज्ञ डा.उमिद श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)