रोनाल्डोबिना पोर्चुगलको हार « Khabarhub

रोनाल्डोबिना पोर्चुगलको हार


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १-० अन्तरले पराजित भएको छ।

घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन्। हारसँगै पोर्चुगलले समूह ए२ को शीर्षस्थानमा उक्लने मौका गुमायो।

४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ। स्विजरल्यान्ड ३ अंक सहित पुछारमा छ। समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : ११ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,