लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प « Khabarhub

 लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मौसममा खराबी आएपछि एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान हुन सकेको छैन।

गत आइतबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। उनका अनुसार मौसम नसुध्रिएकाले गर्दा काठमाडौँ जानुपर्ने पर्यटक पनि लुक्लामै रोकिएका छन्।

 प्राधिकरणका अनुसार डेढ सयभन्दा बढी पर्यटक लुक्लामै रोकिएका छन्। लुक्लाबाट उडान हुन नसकेपछि आन्तरिक तथा बाह्य पर्यटक गाडीमार्फत काठमाडौँ फर्किन थालेको यातायात व्यवसायी बताउँछन्।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : ३४ बजे

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र

सिंहदरबारभित्र बस्दै राष्ट्रिय सभाको बैठक, यस्तो छ तयारी (तस्बिरहरू)

काठमाडौं– भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय

सहमति नजुटेपछि सानेपाबाट गगन-विश्वमाथि कारबाही गर्दै कांग्रेस संस्थापन

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध