सामन्था क्रिस्टीफोरेटीले सबै भन्दा लामो स्पेस फ्लाइट गर्ने महिलाको रूपमा कीर्तिमान कायम गरेकी थिइन्। उनको सफलता यत्तिमा सीमित रहेन। उनले सबैभन्दा अग्लो स्थानमा टिकटक भिडियो बनाउने अर्को सफलता पाएकी छन्। सामाजिक सञ्जालमा उनले भिडियो पोस्ट गरेपछि त्यसलाई लाखौँले हेरेका छन्। इटालीकी यी अन्तरिक्ष यात्रीले दोस्रो पटकको यात्रामा यो सफलता पाएकी हुन्।
सन् २०१४ मा उनले पहिलो पटक अन्तरिक्षको यात्रा गरेकी थिइन्। सो समयमा उनले बोर्डमा १९९ दिन इन्टरनेसनल स्पेस स्टेनस (आइएसएस)मा बिताएकी थिइन्। यो नै एउटा महत्त्वपूर्ण कीर्तिमान थियो। आइएसएसमा सबैभन्दा लामो समय बिताउने महिलाको कीर्तिमान क्रिस्टीफोरेटीको नाममा रहेको थियो। उनको यो कीर्तिमानलाई सन् २०१७ मा पेगी विन्सटन तथा सन् २०१९ मा क्रिस्टीना कोचले भङ्ग गरेका थिए।
रुमाल गुरुत्वाकर्षण नभएका कारण नखसेको दृश्य नै भिडियोमा देखाइएको छ। यसलाई जोकको रूपमा प्रस्तुत गरिएको छ। अन्तरिक्षमै यसरी मजाक गरेर बस्ने पनि उनी पहिलो व्यक्ति भएकी छिन्।
युरोपियन स्पेस एजेन्सीका यी अन्तरिक्ष यात्री सन् २०२२ को अप्रिलमा नयाँ सफलता पुरा पृथ्वीमा आएकी हुन्। त्यहाँ बनाइएको भिडियो साइफाइ सिरिजकी डग्लस एडम्सको सम्मान र सम्झनामा बनाइएको हो। भिडियो टिकटकमा १७ मिलियन भन्दा बढीले हेरेका छन्।
त्यहाँ रहेको रुमाल गुरुत्वाकर्षण नभएका कारण नखसेको दृश्य नै भिडियोमा देखाइएको छ। यसलाई जोकको रूपमा प्रस्तुत गरिएको छ। अन्तरिक्षमै यसरी मजाक गरेर बस्ने पनि उनी पहिलो व्यक्ति भएकी छिन्। उनको पहिलो मिसन आइएसएसका लागि नासाको ४२ औं मिसन थियो। उनले त्यहाँ देखाएको अफिसियल पोस्टरले पनि धेरैलाई मोहित पारेको थियो।
भिडियो अपलोड गर्न उनको इन्टरनेटले काम नगरेको समयमा क्रिस्टोफोरेटी १२ घण्टासम्म मर्मत तथा वैज्ञानिक अनुसन्धानमा बिताउने गर्थिन्। ‘माइक्रोग्रेभिटी’ वातावरणमा डिम्ब ग्रन्थी सम्बन्धी सेलको गतिविधि कस्तो रहन्छ भन्ने उनको अध्ययनको विषय थियो। यो प्रारम्भिक चरण भए पनि यसले पृथ्वीमा भएका मानिसलाई धेरै सहयोग पुग्ने उनको विश्वास छ।
‘जब हामी जीव विज्ञानको काम बुझ्छौ तब लक्षित औषधि निर्माण गर्न र उपचार पद्धतिलाई भरपर्दो बनाउन थप आधार तयार हुन्छ’, अनुसन्धानका सम्भाव्य उपलब्धिका बारे उनले भनेकी छन्। उनले बताए अनुसार स्पेस स्टेसनको यो भ्रमणको उद्देश्य वातावरणको राम्रोसँग अध्ययन गर्नु तथा त्यसै अनुसार मानिसको जीवन सुरक्षित र सहज बनाउनु पनि हो।
‘दुई दशकदेखि अनुमोदित सामग्रीमार्फत् हामी अन्तरिक्षका यी यावत सत्यका बारे अध्ययन गरी रहेका छौं। अर्को पुस्ताका लागि हामीलाई अझ त्यसता उपकरणको निर्माण गर्न हामीले आवश्यक ठानेका छौ की यस कारण ती सबै समस्याको समाधान हुन्छ ’, उनले अगाडि भनिन्।
‘मलाई के विश्वास छ भने स्पेस एजेन्सीको ध्यान अहिले पृथ्वीको कक्ष भन्दा तल कक्ष भएको अर्को कुनै स्थानको खोजी तथा त्यसमा उपस्थित हुन सक्ने सहज वातावरणतर्फ लागेको छ। यसका लागि चन्द्रमा नै सबैभन्दा उपयुक्त स्थान हुनसक्छ।’
उनले अब बन्ने उपकरण कम मर्मत सम्भार गरे पुग्ने तथा बढी प्रभावकारी हुनुपर्नेमा जोड दिएकी छिन्। उनले त्यहाँ अध्ययन र अन्वेषण गर्ने समयको पनि एउटा समय सीमा तोकिएको थियो। किनकी अति धेरै कामको लोड भएमा हाड खिइने समस्याको विकास पनि हुन सक्थ्यो। यस बारेमा पनि उनले टिकटकमा आफ्नो कुरा राखेकी छिन्।
क्रिस्टोफोरेटीलाई अर्को दशकसम्म मानिस पृथ्वी भन्दा परको वातावरणमा सहजै यात्रा गर्ने कुरामा विश्वास जाग्न थालेको छ। ‘मलाई के विश्वास छ भने स्पेस एजेन्सीको ध्यान अहिले पृथ्वीको कक्ष भन्दा तल कक्ष भएको अर्को कुनै स्थानको खोजी तथा त्यसमा उपस्थित हुन सक्ने सहज वातावरण तर्फ लागेको छ। यसका लागि चन्द्रमा नै सबैभन्दा उपयुक्त स्थान हुनसक्छ।’
यसका बाबजुद पृथ्वीमा सबै अन्तरिक्ष यात्रीका सामु केही सीमा पनि छन्। प्राथमिकता चयन र निश्चित योजनासहित अघि बढेमा अन्तरिक्ष विज्ञानले केही समयमा नै महत्त्वपूर्ण फड्को मार्ने विश्वास उनको छ। पछिल्लो समय अन्तरिक्ष विज्ञानका धेरै कक्षा कोठामा विद्यार्थीलाई कसरी विविधताको बारे सोच्ने भन्ने प्रशिक्षण गराइएको थियो।
‘मैले कसैसँग शत्रुतापूर्ण सम्बन्ध हुनुपर्छ भनेको होइन। तर, फरक सोच राखेर विविध खाले सही बाटो पहिल्याउनुपर्छ मात्र भन्न खोजेको हुँ’, उनले शिक्षाको परिभाषा र शैली नै फरक हुनु पर्ने कुरामा जोड दिएकी छिन्। विज्ञान, प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र र गणितको अध्ययन गरेपछि उद्योगको नयाँ बाटेको पहिचान गर्न आवश्यक रहेकामा उनी जोड दिन्छिन्।
पछिल्लो समयका उत्साही अन्तरिक्षका लागि क्रिस्टीफोरेटी चुनौतीपूर्ण काम गर्न पनि उनी प्रेरित गर्छिन्। अहिले अन्तरिक्ष यात्रीहरू योगाको अभ्यास गरिरहेका छन्। यसैमा थपिएको एउटा चुनौती त्यहाँ बनाइएको टिकटक भिडियो पनि हो।
यस अगाडि सन् २०१४ मा १९९ दिन १६ घण्टा बिताएर फर्केपछि उनले अन्तरिक्ष यात्रा जत्ति रोमाञ्चक हो, फर्केर आइपुग्नु त्यत्ति नै कठिन भएको प्रतिक्रिया दिएकी थिइन्। अन्तरिक्षमा पुगेपछि त्यहाँ आफूलाई अभ्यस्त राख्न नै धेरै मेहनत गर्नुपर्ने प्रतिक्रिया उनको थियो। केही वस्तुले पृथ्वीतर्फ आकर्षित गरिरहेको आभास उनलाई भएको थियो। अन्तरिक्षमा शरीर हलुको तथा पृथ्वीमा गह्रुङ्गो भएको आभास उनलाई भएको थियो।
पछिल्लो समयका उत्साही अन्तरिक्षका लागि क्रिस्टीफोरेटी चुनौतीपूर्ण काम गर्न पनि उनी प्रेरित गर्छिन्। अहिले अन्तरिक्ष यात्रीहरू योगाको अभ्यास गरिरहेका छन्।
गुरुत्वाकर्षणको कारण गह्रुङ्गो महसुस हुनु त स्वाभाविक थियो। तर, धेरै दिनसम्म तैरिए जस्तो भएका कारण उनले शरीरको मांसपेशी नै फरक भइसकेको थियो। फेरि पृथ्वीकै वातावरणमा अभ्यस्त गर्न उनलाई केही समय लागेको थियो। हिँड्न र कुर्सीमा सिधा भएर बस्दा पनि उनलाई केही दुखेको जस्तो महसुस हुने गरेको थियो।
उनले त्यहाँ आइएसएसमा पनि केही अभ्यास भने नगरेकी होइनन्। त्यही मिनी स्पेस जिम थियो। त्यही उनी नियमित दौडने र वेट मेसिनमा अभ्यास गर्ने गर्थिन्।
उनले सन् २०१५ म पहिलो अन्तरिक्ष भ्रमणमै आइएसएस एयर लकको बारे अनुसन्धान गरेकी थिइन्। निश्चित दबाबका बीच श्वास प्रश्वासमा हुने कठिनाइका बारे उनले अध्ययन गरेकी थिइन्। जीव विज्ञानका अन्य विषयका बारे पनि उनले त्यहाँ अध्ययन तथा अनुसन्धान गरेकी थिइन्।
यसैका लागि उनले किरा, कमिला, फलफूलमा लाग्ने किरा तथा विरुवा पनि लिएर गएकी थिइन्। यसै अध्ययनपछि पृथ्वीमा पनि उपयोगी हुने उनको ठहर थियो। त्यसै समयमा उनले २०३० सम्ममा मङ्गल ग्रहसम्बन्धी अध्ययनमा मानिसले ठूलो फड्को मार्ने अनुमान गरेकी थिइन्। यसका लागि हामीले प्रयोग गर्दै आएका विविध प्रविधिमा व्यापक सुधारको आवश्यकता रहेकामा उनले जोड दिएकी थिइन्।
बिहान जुरुक्क उठेर अमेरिका, जापान र बेलायतलगायत देशका अन्तरिक्ष वैज्ञानिकसँग कन्ट्रोल सेन्टरमार्फत नियमित सम्पर्क गर्ने र त्यस दिनको कार्य तालिका तय गर्ने उनको दिनचर्या थियो।
उनको अन्तरिक्षमा गरिने कामको विषय भने सन् २०१४ र २०२२ मा मिल्दो जुल्दो नै थियो। बिहान जुरुक्क उठेर अमेरिका, जापान र बेलायतलगायत देशका अन्तरिक्ष वैज्ञानिकसँग कन्ट्रोल सेन्टरमार्फत नियमित सम्पर्क गर्ने र त्यस दिनको कार्य तालिका तय गर्ने उनको दिनचर्या थियो।
गुरुत्वाकर्षण शून्यको स्थानमा पुगिसकेपछि त्यहाँको जीवन पक्कै कठिन र चुनौतीपूर्ण त हुँदै हो। तर, पाँच दशकको यो अन्तरिक्ष यात्रामा मानिसले धेरै कुरामा सुधार गरेको छ। स्पेस फुडको सवालमा अहिले व्यापक सुधार भएको छ। टुथ पेस्ट ट्युब र फ्रिज ड्राइड स्यान्डबीच अहिले प्राय जसो अन्तरिक्ष यात्रीले लिएर जाने गरेका खाने वस्तु हुन्।
युरी गागरीनले १२ अप्रिल १९६१ मा अन्तरिक्षमा प्रवेश गरेर कीर्तिमान कायम गरेका थिए। २० जुलाई १९६९ अमेरिकी अन्तरिक्ष यात्री निल आर्म स्ट्रङ र एडवीन अल्ड्रीनले चन्द्रमामा पाइला टेकेपछि अन्तरिक्ष विधानले नयाँ चरण पार गरेको थियो। क्रिस्टोफोरेटीको यो सफलता र अध्ययनले अन्तरिक्ष जीवनमा नयाँ पाना मात्र थप्ने छैन। जीव विज्ञानमा आवश्यक पर्ने थुप्रै नयाँ तथ्य पत्ता लगाउन सहयोगी पनि साबित हुनसक्छ। स्रोतः बीबीसी, हिस्ट्रीडटकम
प्रतिक्रिया