कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु  « Khabarhub

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु 


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कोटेश्वरमा गए राती मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौँको काडाँघारी बस्ने अन्दाजी ३४ बर्षीया सम्झना राई रहेकी छिन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको हो ।

कोटेश्वरबाट जडीबुटी तर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई गए राती पौने १० बजे ठक्कर दिएको थियो ।

दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : ५० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको