मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु  « Khabarhub

मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु 


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ मा गए राती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् ।

रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

घाइते भएका रिक्सामै सवार हेटौडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा पथलैयातर्फ जाँदै गरेको प्रदेश२–०३–००१ख ०२४२ नम्बरको बसले सुनार द्वय सवार ना२अ ६४ नम्बरको अटो रिक्सालाई गए राती २ बजे ठक्कर दिएको थियो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १२ : २० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको